तान्छोहाङ लाओती, हङकङ २९ जनवरी,प्राप्त जानकारी अनुशार पान्थर मञ्च हङकङले पान्थर चुम्लुङ हिम निर्माणको लागि सहयोग गरेको र थप सहयोगको लागि समिती गठन गरेको छ ।
पान्थर चुम्लुङ हिम निर्माण सहयोग समिती गठन र सहयोग
Posted by panthar1 on January 29, 2012
Posted in पान्थर समाचार | Leave a Comment »
सुचना सुचना सुचना
Posted by panthar1 on December 28, 2011
“ सुर्वण अवशर आफ्नो थातथलो लाई सम्झीने र नाता गाँसने ”
पान्थर थातथलो भएर हङकङमा बसोबास गरि रहनु भएका वा अन्य देशमा रहनु हुने सम्पूर्ण पान्थरे तथा गैर पान्थरेहरु मा पान्थर चुम्लुङ हिम निर्माणको लागि आर्थिक सहयोग को लाई हार्दिक अनुरोध गर्दछौं । सम्पर्कको लागि पान्थर चुम्लुङ हिम निर्माण सहयोग समिती हङकङको सयोजक कल्पना (सुक) तुम्रोक वा कृष्णराज लाओती सग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं । चुम्लुङ हिम फेदेन ३ मा निर्माण हुनदैछ । भवन ३ तलाको बन्ने छ । पहिलो तला बनिसकेको दोस्रो र तेस्रो तलाको लागि रकम अभाव भएको कुरा सचिव लक्ष्मी हाङ आङबो ले जानकारी गराउनु भयो । यो भवन किरात याक्थुङ चुम्लुङ जिल्ला शााखा पान्थरको संयोजकत्वमा बन्न लागेको कुरा जानकारी गराउदछौं ।
सहायोगको सम्बधमा
१, रु १०००१ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको १ फुट बाई १ फुटको फोटो शिलालेखमा राख्ने ।
२, रु ५००१ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको नाम शिलालेखमा राख्ने ।
३, रु ५०० भन्दा मुनी सहयोग गर्ने सहयोगदाताहरुको नामवली रजिष्ट्ररमा राख्ने ।
सम्पर्क नम्बर ५१३८ ११७४, ९७११ ६२७२ , lawatikrishna@yahoo.com , knk_rai@yahoo.com
Posted in पान्थर समाचार | Leave a Comment »
हङकङ नेपाली कला मन्दिर द्वारा सास्कृतिक ¥याली सम्पन
Posted by panthar1 on December 28, 2011
तान्छोहाङ लाओती हङकङ,
हङकङ नेपलीज फाउण्डेसनले सालिन्दा नै डिसेम्बर महिनाको अन्तिम साता नेपाली सप्ताह भनेर विभिन्न कार्यक्रम को आयोजना गर्ने गरेको छ । सोही अनुरुप २५ डिसेम्बर २०११ को दिन संयोजक हङकङ नेपाली कला मन्दिर द्वारा वृृहत सांस्कृतिक ¥याली सम्पन भएको छ ।
Posted in समाचार | Leave a Comment »
हङकङमा किराती राईहरुको चाड अधौली सम्पन्न
Posted by panthar1 on December 21, 2011
हङकङ । आज १८ डिसेम्बर २०११ का दिन किरात र्राई यायोक्खाले वर्षनी मनाउँदै आएको उधौली चाड ताइमोशान स्थित कन्टि्रपार्कमा धुमधामका साथ भएको छ । त्यस कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष किसन राईले गरेको थियो भने प्रमुख अतिथीमा आदिवासी जनजाती महासंघका अध्यक्ष मिन बहादुर-एम बि) दर्लामी मगर थियो भने बिषेश अतिथीमा नेपालबाट आएका गायक, संगीतकार लेखक गणेश रसिक र्राई थियो । Read the rest of this entry »
Posted in समाचार, हङकङ समाचार | Leave a Comment »
हङकङमा २०११ चासोक तङनाम
Posted by panthar1 on December 21, 2011
कल्पना तुम्रोक – हङकङ-किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा लिम्बुहरुको महान चाड चासोक तङनाम २०११ ( येलेतङबे ५०७१ ) डिसेम्बर- ११ -२०११ का दिन मन्किहीलमा ४०० भन्दा ज्यादाको उपस्थितमा भब्यताको साथमा सम्पन्न भयो।
दुई चरनमा सन्चालित कार्यक्रमको पहिलो चरणमा चुम्लुङको अध्यक्ष कृष्ण राज लावोतीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम का प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, बिसेस अतिथि जनजाती महासंघ हङकङको उपाध्यक्ष रिता गुरुङ, लिम्बुवानका अग्रज हरु र विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुलाई लगायत मिडिया हरुलाई अतिथि आसन ग्रहण गरिएकोथियो।
अध्यक्ष तथा सम्पूर्ण अतिथिहरुबाट एकसाथ पटेका पड्काएर कार्यक्रमलाई उद्घाटन गरिएको थियो, र चुम्लुंङका कलाकार हरुबाट स्वागत गीत,धान नाच, च्याब्रुङ नाचहरु प्रस्तुत गरिएकोथियो। सोहि सस्था का उपाध्यक्ष हस्त लीबांगले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत भासन दिएकाथिए, चुमलुङका सल्लाहकार टंक चङबाङले चासोक तङनामको बारेमा बिस्तृत जानकारी गराएकाथिए। प्रमुख अतिथी प्रदिप थापा र बिसेस अतिथी रिता गुरुङले स्वागत मन्तब्य दिएकाथिए। Read the rest of this entry »
Posted in ताजा समाचार, समाचार, हङकङ समाचार | Leave a Comment »
हङकङ झापा मन्चको प्रथम अधिवेसन सम्पन्न।
Posted by panthar1 on December 1, 2011
कल्पना तुम्रोक-हङकङ।
झापालीहरुको साझा सस्था हङकङ झापा मन्चको प्रथम अधिवेसन साथै पारिवारिक भेटघाट कार्यक्रम यही २७ नेभेम्बर २०११ याक एण्ड यति रेस्टुरेन्ट जोर्डनमा भब्यताको साथ सम्पन्नभयो।
खुल्ला सत्र र बन्द सत्र दुइ चरणमा रहेको सो औपचारिक कार्यक्रम पहिलो चरनमा तदर्थ समिती का अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षता रहेको थियो, प्रमुख अतिथी हंङकंङ नेपाली महासंघ अध्यक्ष प्रदिप थापा, बिसेस अतिथी हंङकंङ नेपाली जनजाति महासंघ अध्यक्ष एमबी थापा मगर र विभन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधी, मिडिया तथा अन्य लाई अतिथि आसन ग्रहण गराईएकोथियो। हस्त माक्स्वाले औपचारिक कार्यक्रमलाई संचालन गरेकाथिए भने मदन कन्दङ्वाले स्वागत भासन गरेकाथिए। Read the rest of this entry »
Posted in समाचार, हङकङ समाचार | Leave a Comment »
अनिज हङकङको प्रथम अधिवेशन सम्पन्न
Posted by panthar1 on December 1, 2011
अनिज हंगकंग-२०११ नोभेम्वर २७, नेपाली आदिवासी जानजाति पत्रकार संघ हङकङको प्रथमअधिवेशन याउमा तेर्इ स्थित हेनरी जील्योङ कम्यूनितीहलमा सनराइज साप्ताहिक पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङको अध्यक्षतामा १३ सदस्सीय कार्यसमितिको र्सव सम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । आदिवासीजनजातिहरुको सवालमा एैक्यबद्धता र जनजातिहरुको आवाज तथा एकताकालागि विदेशमै रहेर पनि विशेष भूमिका निर्वाह गर्नकाखातिर अनिज हङकङको स्थापनागरिएको हो। Read the rest of this entry »
Posted in Uncategorized | Leave a Comment »
सास्कृतिक,शिक्षा र पारिवारिक एकदिने यात्रा
Posted by panthar1 on November 26, 2011
कल्पना तुम्रोक – हङकङ । न्यु होम एसोसियेसन, मगर संघ हंगकंग र नेपाली आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा एकदिने हङकङ यात्रा २० नोभेम्बर २०११ का दिन सातिनको चाईनिज युनीभर्सिटी र लायन नेटर एजुकेसन सेन्टर दुई स्थान घुमेर सम्पन्न भयो। Read the rest of this entry »
Posted in समाचार, हङकङ समाचार | Leave a Comment »
हङकङ नेपाली महासंघको बनभोज तथा भेटघाट कार्यक्रम।
Posted by panthar1 on November 15, 2011
कल्पना तुम्रोक – हङकङ,
हङकङ नेपाली महासंघको आयोजनामा १३ नोभेम्बर २०११ मंकीहिलमा बडा बनभोज तथा भेटघाट कार्यक्रम भब्यताका साथ् संम्पन्न भयो।
सस्थाको अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको सो औपचारिक कार्यक्रममा, प्रमुख अतिथि हंङकंङ नेपाली महावाणिज्यदुत विनोद कुमार उपाध्याय रहेका थिए भने बीसेस अतिथि बेनी युन, एन आर एन अध्यक्ष दुर्गा बहादुर गुरुङ,भारतिय गोर्खा भु.पु. आर्मी संघ अध्यक्ष जंग बहादुर गुरुङ,नेपाली फिल्म चलचित्र संघका महासचिब नायक नवल खडका, निबर्तमान अध्यक्ष हेम लिम्बु, सल्लाहकार हेजेन राई,धन थापा, जेएन ज्ञवाली,कमल पौड्याल, दासुराम पराजुली साथै अन्य लाई आसन ग्रहण गराइएको थियो। महासंघमा आवद्द सस्थाहरु लगायत हंङकङका विभिन्न संघसस्था लाई अतिथी आसन ग्रहण गरिएको थियो,स्वागत भासन महासंघका सचिब नन्द चंग्सुले दिएका थिए। Read the rest of this entry »
Posted in हङकङ समाचार | Leave a Comment »





















